arrow

फागुन २३ अघि खोप लगाएर दोस्रो डोज छुटेकालाई बुधबारदेखि खोप लगाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
corona-vaccine-covid.jpg

काठमाडौं । गत फागुन २३ गतेअघि कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएका र दोस्रो मात्रा लगाउन छुटेका फ्रन्टलाइनरलाई बागमती प्रदेशले भोलिबाट दोस्रो डोज लगाउने भएको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय ललितपुरले सूचना जारी गर्दै भोलि बुधबारदेखि सुरक्षाकर्मी र पर्सी विहीबारदेखि अन्य फ्रन्टलाइनरहरुलाई लगाइने बताएको हो ।

फागुन २३ गतेदेखि चैत ४ गतेसम्म भने दोस्रो चरणको खोप अभियान सुरु भएको थियो । सो खोप अभियानमा खोपलगाएकाहरुलाई दोस्रो मात्रा जेठल २३ देखि दिनुपर्ने भएपनि अहिले सरकारसँग खोप उपलब्ध छैन् ।
 

यस्ताे छ सुचना :



नयाँ