arrow

प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा, एक वर्ष कैद सजायको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
kp-sharma-oli-final.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेश विपरीत पुनःप्रतिनिधी सभा विघटन गरेर अदालतको गम्भीर अवहेलना गरेको भन्दै सर्वोच्चमा निवेदन पेश भएको छ ।

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मिति २०७७।११।११ गतेको आदेश विपरीत प्रधानमन्त्री ओलीले पुनःस्थापित प्रतिनिधी सभा विघटन गरेर अदालतको गम्भीर अवहेलना गरेकोले निजलाई ततकाल २४ घण्टाभित्र अदालतमा सशरीर उपस्थित गराइ अदालतको अवहेलनामा अधिकतम अर्थात एक वर्ष कैद एवं दश हज़ार जरिबाना गरी पाउभनी अदालतमा निवेदन पेश गरेका हुन् ।

मंगलबार अदालतमा ‘अदालतको अवहेलनामा हदैसम्मको सजाय गरी पाऊ’ भनी निवेदन पेश गरेको र निवेदन दर्ता प्रक्रियामा रहेको त्रिपाठीले जानकारी दिएका छन् ।

विपक्षी बनाइएका ओलीलाई हदैसम्मको कारवाही गर्न माग गर्दै उनले निवेदनमा लेखेका छन्,‘ओलीले अदालतको अवहेलनाको गम्भिर कसुर गर्नु भएकोले २४ घंटाभित्र सम्मानित अदालतमा उपस्थित गराई न्याय प्रशासन ऐन, २०७३ को दफा १७(४)बमोजिम हदैसम्मको (एक  बर्ष कैद र दश हजार जरिबाना)सजाय गरी पाऊ ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ