arrow

विपक्षी दलको बैठक सकियो- सर्वोच्चको बहसमा कानुन व्यवसायी पठाउनेबारे छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
deuba-prachanda-nepal-yadav.jpg

काठमाडौं। पाँच विपक्षी दलको बैठक सकिएको छ । नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलको बैठकमा नेताहरुबीच सर्वोच्च अदालतमा रिट दर्ता भइसकेको अवस्थामा अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको छ । 

काँग्रेस नेता रमेश लेखकले सर्वोच्चमा रिट दर्ता भइसकेको अवस्थामा अघि बढ्ने र बहसमा कानुन व्यवसायीलाई सहभागी गराउने विषयमा छलफल भएको जानकारी दिए । ‘रिट दर्ता भइसकेको छ, को को कानुनविद्हरुलाई बहसमा सहभागी गराउने भन्ने विषयमा शीर्ष तहमा छलफल भएको छ,’ काँग्रेस नेता लेखकले भने । 

बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए । 

सोमबार विपक्षी गठबन्धनका १४६ सांसदले सर्वोच्च अदालतमा नागरिकतासहित हाजिर भएर विपक्षी गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिनु पर्ने र संसद् पुनर्स्थापना हुने पर्ने माग राख्दै रिट दायर गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ