arrow

भारतमा २६ मे देखि फेसबुक र ट्विटरमाथि प्रतिबन्ध लाग्न सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
facebook.jpg

काठमाडौँ । भारतमा भोलि (मे २६) देखि फेसबुक, ट्विटर र इन्साटाग्राम लगायतका सामाजिक सञ्जालले प्रतिबन्ध या कडा निर्देशनको सामना गर्न सक्ने बताइएको छ। गत फेब्रुअरीमा भारतको इलेकट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले सोसल मिडिया कम्पनी, स्ट्रिमिङ सेवा तथा डिजिटल न्युज आउटलेट लगायतलाई तीन महिनाभित्र नयाँ आइटी नियमको पालना गर्न निर्देशन दिएको थियो।

जस अनुसार यस्ता कम्पनीले भारतमा गुनासो टिपाउने र अन्य कार्यका स्थानीय कार्यालय खोलेर कर्मचारी खटाउने पर्ने थियो। यसबाहेक सामाजिक सञ्जालमा राखिएका आपत्तिजनक सामग्री २४ घण्टाभित्र हटाउनुपर्ने र पीडितलाई १५ दिनभित्र पूर्णपुरमा क्षतिपूर्ण उपलब्ध गराउने लगायतका नयाँ नियम भारत सरकारले जारी गरेको थियो।

यी नियमको पालना गर्नका लागि तीन महिनाको समय दिइएको थियो। जुन समयावधि आज अर्थात् २५ मेमा सकिँदै छ।

नेटफिल्क्स, अमेजन प्राइमलगायतका केही कम्पनीहरूले यो नियमको पालना गरे पनि फेसबुक र ट्विटरलगायतले भने भारतमा कार्यालय खालेका छैनन्।

फेसबुकले यसकालागि हेडक्वाटरबाट निर्णय गर्नका लागि ६ महिनाको समय माग गरेको बताइएको छ। यद्यपि, मे २६सम्म फेसबुक, ट्विटरले नयाँ कानुनको पालना नगर्दा प्रतिबन्ध लाग्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।



नयाँ