arrow

कोरोना संक्रमितहरुका लागि गगन थापाको पहलमा रातोपुलमा शुरु भयो ‘जनता स्वास्थ्य केन्द्र’ (भिडियो)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
gagan thapa-ratopol.jpg

काठमाडौं । आफ्नो निर्वाचन क्षेत्रमा कोरोनाविरुद्धका विभिन्न अभियान चलाइरहेका नेपाली कांग्रेसका नेता गगन थापाको पहलमा काठमाडौंको रातोपुलमा निःशुल्क आइसोलेसन सेन्टर संचालनमा आएको छ ।

थापाको पहल र सांसदको कार्यालय काठमाडौं क्षेत्र नम्बर ४ को समन्वयमा काठमाडौं महानगरपालिका–३० रातोपुलमा कोरोना संक्रमित बिरामीका लागि अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याइएको थापाले जानकारी दिएका छन् ।

चिकित्सकहरुसहित २० जनाको नेतृत्वमा सोमबारदेखि सञ्चालमा आएको आइसोलेसन सेन्टरलाई ‘जनता स्वास्थ्य केन्द्र’ नाम दिइएको छ ।

कोरोनाको सामान्य लक्षण भएका संक्रमितहरुले सेवा लिनसक्ने थापाले जानकारी दिएका छन् । विरामीहरुलाई निःशुल्क यातायातको व्यवस्था साथै चिकित्सकहरुको परामर्श लिनसक्ने उनले बताए ।

काठमाडौंकै सोही निर्वाचन क्षेत्रमा खुलेका आइसोलेसन सेन्टरमा रहेकाले पनि सेवा लिन सक्ने जनाइएको छ ।  एक्स रे तथा हाइ फ्लो अक्सिजन सहितको उपचार सेवा दिन सक्ने गरी पूर्वाधार तयार गरी संचालनमा आएको सेन्टरमा फोन गरेर सेवा लिन सकिने छ ।



नयाँ