arrow

यास चक्रवात अत्यधिक शक्तिशाली बन्यो, मौसम विभागले दियो देशभर सचेत रहन चेतावनी !

शनिवारसम्मको मौसम अनुमान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १२ बुधबार
weather.jfif

काठमाडौं । बंगालको खाडीमा रहेको यास चक्रवात समुद्रबाट जमिनतर्फ प्रवेश गरेर उत्तरपश्चिम सर्न थालेको भन्दै जल तथा मौसम पूर्वानुमान माहाशाखाले चेतावनी दिएको छ ।

उत्तरपश्चितर्फ सर्ने अनुमान गरिएको अत्यधिक शक्तिशाली तुफानका कारण भारतमात्रै नभइ नेपालसमेत भारीबर्षा र हिमफातको सम्भावना रहेको छ । देशभरका धेरै स्थानहरूमा मेघगर्जन, चट्याङ्ग रहावाहुरी समेत चल्ने सम्भावना रहेको विभागले जनाएको छ ।

बुभबार दिउँसो विभागले बुलेटिन निकाल्दै देशभर सबैलाई सचेत रहन आग्रह गरेको छ । यो चक्रवातको प्रभवका कारण देशभर बदली र काठमाडौं उपत्यकालगायत धेरै ठाउँमा हिजो देखि नै पानी पर्न थालेको छ । शुक्रबारसम्म चक्रवात असर रहने मौसमविभागले जनाएका छ ।

यस्तो छ विभागको मौसम बुलेटिन:

२०७८ जेठ १२ गते (बुधबार)

राती: प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरुमा एक वा दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।गण्डकी, बागमती र प्रदेश १ का हिमालीर उच्च पहाडी भू-भागका केही  स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ १३ गते (बिहीबार)

देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ तथा उक्त प्रदेशका तराईका भू-भागहरुमा उच्च बेगको हावाहुरी तथा अति भारी वर्षाको सम्भावना रहेको छ।गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमालीरपहाडी भू-भागका केही  स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेको छ।

२०७८ जेठ १४ गते ९शुक्रबार)

देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही  स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ तथा उक्त प्रदेशका तराईका भू-भागहरुमा उच्च बेगको हावाहुरी तथा अति भारी वर्षाको सम्भावना रहेको छ।गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमालीरपहाडी भू-भागका केही  स्थानहरुमा हल्का देखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेको छ।

 २०७८ जेठ १५ गते (शनिबार)

‌देशभर सामान्य देखि पूर्ण बदली रही केही  स्थानहरूमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

यो सिजनमा मेघगर्जन र चट्याङ्ग रहावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।उच्च हिमाली भूभागमा हल्का देखि मध्यम हिमपातरवर्षा तथा उच्च बेगको हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले केही  दिन पर्वतारोहण नगर्नु र नगराउनुहुन अनुरोध छ।

मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सुचनाको जानकारी लिन हुन अनुरोध छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ