arrow

चीनले थप १० लाख डोज खोप अनुदान दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १२ बुधबार
xi-marx.jpg

काठमाडौं । चीनले नेपाललाई अनुदान सहित थप १० लाख डोज खोप दिने भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सि चिनफिङसँग फोन वार्ता गरेकी थिइन् ।

सो वार्तापछि चीनले नेपाललाई १० लाख डोज खोप अनुदान दिने भएको हो । यसअघि चीनले नेपाललाई ८ लाख डोज खोप अनुदान स्वरुप उपलब्ध गराइसकेको छ ।

नेपाल स्थित चिनियाँ राजदुत हाव यान्छीले चीनले नेपाललाई १० डोज खोप अनुदान स्वरुप उपलब्ध गराउने बताएकी हुन् । 

चिनियाँ सरकारी स्वामित्वको फार्मास्युटिक कम्पनी सिनोफार्मले उत्पादन गरेको (भेरोसेल)खोप यसअघि चीनले नेपाललाई उपलब्ध गराएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ