arrow

अर्घाखाँची सिमेन्टद्वारा स्वास्थ्य चौकी निर्माण गरी हस्तान्तरण (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १२ बुधबार
arghakhanchi-cement-CSR-1.jpeg

मैनहिया, रुपन्देही। देशकै सबैभन्दा ठुलो र उत्कृष्ट मध्यको एक अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले सियारी गाउँपालिका वडा नं–२ मैनहियामा निर्मित मैनहिया स्वास्थ्य चौकी भवनको उद्घाटन गरेको छ। उक्त भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडका निर्देशक राजेश कुमार अग्रवालले उद्घाटन गरेका थिए। अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले स्वास्थ्य सामाग्री सहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो।

सो भवनको उद्घाटन कार्यक्रम ज्येष्ठ १२ गते बुधवार सियारी–२, र्मनहिया, रुपन्देहीमा रहेको थियो। उक्त भवन निर्माण गर्न रु ७० लाख लागेको छ।

अर्घाखाँची सिमेन्ट प्रालिका निर्देशक राजेश कुमार अग्रवाल भने,“मैनहिया गाउँपालिकाका जनसमुदाय हरुलाई पहिले स्वास्थ्य चौकी आफ्नो घरबाट धेरै टाढा भएकाले समस्या उत्पन्न भएको थियो तर अहिले मैनहिया गाउँपालिकाको जनसमुदायको हितमा निर्माण गरिएको सबैको लागि सजिलै पहुँचमा निर्मित रहेको यस मैनहिया स्वास्थ्य चौकी भवनले अत्यन्तै सहज बनाऊ छ भन्ने हामीले आशा राखेको छौँ। हामीले यो भवन जनहित र सामाजिक उत्तर दायित्व अन्तर्गत निर्माण गरेका हौँ।”

लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भोजप्रसाद श्रेष्ठले भने, “सम्पूर्ण जनमानसको लागि गरिएको यो प्रशंसनीय कार्यको लागि हामी अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौ। बढी रहेको यस कोभिड–१९ को नियन्त्रण र मैनहिया गाउँपालिकाको जनहितको लागि यो स्वास्थ्य चौकीलाई व्यवस्थित गरिने छ। उक्त स्वास्थ्य चौकीमा ब्लड प्रेसर नाप नगर्ने, एक्स रे लिने र चिकित्सकद्वारा परामर्श लिने जस्ता विभिन्न सुविधाहरू उपलब्ध रहेकाले यो एक सुसम्पन्न स्वास्थ्य चौकीको रूपमा रहेको छ।”

अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले आफ्नो स्थापना काल देखि नै विभिन्न सामाजिक उत्तर दायित्व कार्यहरू गर्दै आइरहेको छ। कम्पनीले मैनहिया गाउँपालिकाका विद्यालयलाई पठन पाठनका लागि सामग्री वितरणका साथसाथै विगतमा पनि स्थानीय निकायलाई शिक्षा, सरसफाइ, खाना र सडक निर्माणमा सहयोग पुराउँदै आइरहेको छ।

गत वर्ष यस कम्पनीले लुम्बिनी प्रान्तीय सरकारले बनाएको कोरोना भाइरस रोकथाम र उपचार कोषका लागि रु ५.१ मिलियन विनियोजन गरेको थियो साथै सियारी गाउँपालिकालाई रु २००,००० नगद र पाल्पा जिल्लाको तिनाउ र माँछागढी ग्रामीण नगरपालिका जहाँ कम्पनीको चुना ढुङ्गा खानी अवस्थित छ त्यसमा रु २० लाखको राहत सामग्री वितरण गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ