arrow

चक्रवातको चुनौती

‘यास’ चक्रवातको असर देशैभर, शनिबारसम्म भारी वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
cloud.jpg

काठमाडौं । हाल देशमा बंगालको खाडीमा रहेको ‘यास’ नामक चक्रवातको आंशिक प्रभाव रहेको छ । पश्चिम बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात यास समुद्रबाट जमीनतर्फ प्रवेश गरिसकेको र उक्त चक्रवात उत्तर–पश्चिम सर्ने क्रममा रहेको हुँदा नेपालको मौसममा असर पर्ने देखिएको छ । 

काठमाडौं उपत्यकामा रातभर वर्षा भएको छ । त्यसैगरी बिहीबार पनि बिहानैदेखि मौसम बिग्रिएको छ । हाल प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

साथै प्रदेश १, प्रदेश २ बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

प्रदेश १, प्रदेश २, लुम्बिनी, गण्डकी तथा बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। देशका हिमाली, उच्च पहाडी भूभागमा हल्कादेखि मध्यम हिमपात–वर्षाको सम्भावना रहेको छ ।

राति पनि मौसम त्यस्तै हुनेछ । महाशाखाले शनिबारसम्म नै वर्षा हुने सम्भावना रहेको बताएको छ । महाशाखाले सचेतना अपनाउन आग्रह गरेको छ । 

त्यस्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी पहिरोको जोखिम बढेको भन्दै शनिबारसम्म नै भारी वर्षा हुने देखिएकाले सचेतना अपनाउन आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ