arrow

प्रतिनिधि सभा विघटन विरुद्धका रिटमा सर्वोच्चमा सुनुवाइ हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
Supreme-Court-Nepal.jpeg

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका रिट निवेदनमा बिहीबारदेखि प्रारम्भिक सुनुवाइ हुँदैछ । दायर भएका रिटमध्ये केहीको बिहीबार र केहीको शुक्रबार प्रारम्भिक सुनुवाइ हुन लागेको हो । 

प्रतिनिधि सभा विघटनविरुद्ध दायर भएका २४ रिटमध्ये केहीको संवैधानिक इजलासबाट सुनुवाइ हुनु पर्ने माग गरिएको छ भने केहीको साधारण इजलासबाट प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ ।

साधारण इजलासबाट सुनुवाइ गर्नुपर्ने गरी माग गरिएका रिट निवेदकको बिहीबार सुनुवाइ हुन लागेको हो । संवैधानिक इजलासको प्रारम्भिक सुनुवाइ शुक्रबारदेखि हुनेछ । 

अढाइ दर्जन रिट परेकामध्ये २६ वटा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध रिट परेका छन् । चार वटा भने प्रधानमन्त्री ओलीलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्नेपर्ने माग गरिएका रिट छन् । 

ती रिट निवेदनको पनि बिहीबारै पेशी तोकिने जनाइएको छ । 

गत पुस ५ गते पनि प्रतिनिधि सभा विघटन गरेको सरकारले फेरि पनि विघटन गरेको हो । पुस ५ को मुद्दाको फैसला सर्वोच्चले फागुन ११ गते गर्दै ब्यूँताएको थियो । त्यसको पूर्णपाठसमेत बाहिर नआएको अवस्थामा सरकारले फेरि विघटन गरेको हो । 

यो घटनामा अदालतको मानहानी सरकारले गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अर्को छुट्टै मुद्दा दर्ता गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ