arrow

नागरिकता अध्यादेशको पक्षमा मधेशमा प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
nagarikta-andolan.jpg

पर्सा । नागरिकताविहीनहरुले नागरिकता पाउने भएपछि स्थानीयले नागरिकता अध्यादेशको समर्थनमा पर्सा, रौतहट, बारासहित तराई मधेशका विभिन्न जिल्लामा प्रदर्शन गरेका छन् । 

नागरिकता समस्या समाधान गर्ने उद्देश्यले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको नेपाल नागरिकता अध्यादेशबारे कम्युनिष्ट पृष्ठभूमिका विभिन्न दलका नेताहरुले विवादित एवम् भ्रामक वक्तव्यबाजी तराई मधेशका स्थानीय भने आक्रोशित बनेका हुन् । आक्रोशित बनेका स्थानीयले बुधबार र बिहीबार बिहान विभिन्न स्थानमा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । 

नेपालको नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढंगबाट विवादित एवं बदनाम गराउन तराई–मधेशमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण वा फिजिकरण हुने भयो भनेर अनर्गल दुष्प्रचार गरेको भन्दै त्यस्ता हर्कत गर्नलाई खबरदारी गर्न प्रदर्शन गरेको रौतहटका नागरिक समाजका अगुवा राजकिशोर यादवले बताए ।

देशमा अस्थिरता र द्वन्द्व चाहनेहरुको गिरोहले मधेशी जनता र महिलाहरुको पक्षमा आएकोले नपचेकोले त्यस्ता जनविरोधीहरुको आम नागरिकले प्रतिकार गर्ने बारा जिल्लाका अगुवा एवम् प्रदेश सदस्य महम्मद समीरले बताए ।

प्रर्दशनकारीहरुले ‘नागरिकता अध्यादेश विरोधी होसियार, आफ्नै देशमा शरणार्थी बनाउन पाईदैन’, ‘मधेश विरोधी उपेन्द्र माधव मुर्दावाद’, ‘नागरिकको भविष्यसंग खेलबाड गर्न पाइँदैन, नागरिकता विरोधी नेता चाहिँदैन’, ‘राष्ट्रिय एकता जिन्दावाद’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए । 

झुटो र भ्रामक सन्देशमार्फत साम्प्रदायिकता भड्काउन खोजेको भन्दै मंगलबार वीरगञ्जमा नेकपा एमालेका निस्काशित नेता भीम रावलको पुत्ला दहन गरिएको थियो ।

बिहीबार बिहान एमालेका स्थानिय नेताहरु बलराम साह, जोगिन्दर साहको नेतृत्वमा प्रर्दशन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ