arrow

डा.भट्टराईको प्रश्न : निषेधाज्ञा गरेर मात्र राज्यको दायित्व पूरा हुन्छ ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
Baburam-bhattrai-stage.jpg.jpeg

काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषदका अध्यक्ष एवम पूवप्रधानमन्त्री डा.बाबुराम भट्टराईले हुकुमी पाराले लकडाउन तथा निषेधाज्ञा गरेर मात्र राज्यको दायित्व पूरा नहुने बताएका छन् ।

कोरोना भाइरसको नियन्त्रण गर्न भन्दै सरकारले जारी राखेको निषेधाज्ञाले मारमा परेका न्यून वर्गीय समूदायलाई राज्यले उचित सम्बोधन गर्नुपर्ने औंल्याएका हुन् ।

उनले सामाजिक संजालमा लेख्दै, ‘दैनिक ज्यालादारी गरेर गुजारा गर्ने, अशक्त/अपांगता भएका, वेरोजगार, गरीबीको रेखामुनी रहेका, फुटपाथ व्यवसायी, ठेलागाडा/रिक्सा चालक आदिको जीवन निर्वाहनिम्ति स्थानीय तहमार्फत कुनै विशेष व्यवस्था नगरी फेरि हुकुमी पाराले लकडाउन/निषेधाज्ञा गरेर मात्र राज्यको दायित्व पूरा हुन्छ ? कहिले चेत्ने ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ