arrow

अदालतले संविधान र व्यवस्था बचाउँछ भन्ने पूर्ण विश्वास छः सभापति देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
ser badhur-NPU.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सम्मानित सर्वोच्च अदालतले संविधान र संसदीय व्यवस्था बचाउने विश्वास ब्यक्त गरेका छन् ।

नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा शुभकामना मन्तब्य राख्दै सभापति देउवाले संविधान र लोकतन्त्र सिद्धयाउनेगरी प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गलत कदम चालेको आरोप लगाए ।

आफूहरु संविधानमा भएको व्यवस्थालाई टेकेर राष्ट्रपति र अदालतसमक्ष गएकाले संविधान र संसदीय प्रणाली बचाउन अदालतले निर्णायक भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे । उनले,‘प्रधानमन्त्रीले त संविधानको उल्लघंन गरे तर राष्ट्रिपतिले पनि किन गरेको ?, देशमा किन राजनीतिक संकट पैदा गरेको ?’ भनि प्रश्न पनि गरे ।

उनले राष्ट्रपतिको नयाँ सरकार गठनका लागि आहवान भएपछि आफूले संविधानअनुसार प्रतिनिधि सभामा रहेका सदस्यहरुको बहुमत पेश गरेको र अर्को पक्षले पनि दाबी गरेकाले अन्तराष्ट्रिय अभ्यास अनुसार छानविन नगरी सिधै अस्वीकार गर्नु गलत भएकोसमेत बताए ।

‘बहुमत सदस्यको हस्ताक्षर मैले पेश गरेको हुँ, राष्ट्रपतिले छिमेकी मुलुकको र अन्तराष्ट्रिय अभ्यास पनि हेर्नु पथ्र्यो, हस्ताक्षर गर्नेहरुलाई बोलाउनु पथ्र्यो, त्यसो गरिएन,’ देउवाले भने ।

देउवाले प्रधानमन्त्रीले भन्दैमा संसद विघटन गर्नु पनि गलत रहेको दाबी गरे । ‘प्रधानमन्त्रीले भन्दैमा राष्ट्रपतिले जे पनि गर्ने होइन, सिफारिस भएर आएका कुरामा छलफल गरेर निणर्य लिनु पर्छ’ देउवाले अघि थपे । 

लोकतन्त्र बचाउन मिडियाको भूमिका पनि प्रभावकारी हुने भएकाले यो मनपरीतन्त्रका कारण लोकतन्त्रमा खतरा आएकाले यसबेला मिडियाले जनमत निर्माण गर्न देउवाको आग्रह थियो ।

सभापति देउवाले महामारीका बेला सडक आन्दोलनमा नगइ अदालती प्रक्रियाबाट लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने धारणा राखे । उनले भने, ‘अदालतले संविधानमाथिको हस्तक्षेप रोक्न भूमिका खेलोस । हामी संविधान बचाउन र लोकतन्त्र जोगाउन कटिबद्ध छौं ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ