arrow

प्रधानन्यायाधीश राणाको आदेशः संसद विघटन सम्बन्धी सबै रिट संवैधानिक इजलासमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
cholendra-rana-chief-justic.jpg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रतिनिधि सभा विघटनबिरुद्धका सबै रिटलाई संवैधानिक इजलाशमा लग्न आदेश दिएका छन् ।

बिहीबार प्रधानन्यायाधिश राणाले एकल इजलासमार्फत संसद विघटन बिरुद्धका रिटलाई संवैधानिक इजलाशमा लग्न आदेश दिएका हुन् । संवैधानिक इजलासमा शुक्रबारका लागि पेशी तोकिएको छ ।

विहीबार(आज) १९ वटा रिट उनको एकल इजलाशमा पेशी चढेको थियो । ११ वटा मुद्दा यसअघि नै संवैधानिक इजलासमा दर्ता भइसकेका छन् ।

आज भएको बहसका क्रममा अधिवक्ताहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको र प्रधानमन्त्रीबाट यसअघि फागुन ११ गते सर्वोच्चले गरेको फैसला उलंघन भएको बताएका थिए ।

रिट निवेदकको तर्फबाट अधिवक्ता सुनील कुमार पटेल, वीरभद्र जोशी, दिनेश त्रिपाठी, लोकेन्द्र ओली, बद्री भट्ट, अजय बुढाथोकी, तुलसी पराजुली लगायतले बहस गरेका थिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ