arrow

मल्लको निधनमा देउवा दुखी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

कैलाली निवासी तथा  कांग्रेसका महासमिति सदस्य उनको काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा बिहिवार बिहान निधन भएको हो ।

सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत   समाजसेवी, असल, बौद्धिक एवं शालीन व्यक्तित्वका धनी मल्लको असामयिक निधनको खबरले आफूलाई दुःखी बनाएको उल्लेख गरेका छन् ।

 पूर्वप्रधानमन्त्री देउवाले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्ना तर्फबाट समवेदना प्रकट गरेका छन् । 

शोक वक्तव्य

सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको काठमाडौं स्थित निदान अस्पतालमा उपचारका क्रममा हिजो भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ । कैलाली जिल्ला निवासी स्वर्गीय मल्ल नेपाली कांग्रेसका महासमिति सदस्य हुनुहुन्थ्यो ।

उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ— “नेपाली कांग्रेसका नेता, सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख, समाजसेवी, असल, वौद्धिक एवं शालिन व्यक्तित्वका धनी मेरा मित्र मोहनराज मल्लको असामयिक निधन भएको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु ।”

कृष्णप्रसाद पौडेल
मुख्य सचिव



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ