- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका विरामीको संख्या बढेको गाउँपालिकाले जनाएको छ ।
उक्त रोग नियन्त्रण, रोकथाम तथा व्यवस्थापनमा गाउँपालिका एक्लैलाई चुनौति हुने भन्दै प्रदेश र केन्द्र सरकारसँग सहयोग माग गरिएको छ ।
गाउँपालिका अध्यक्ष विष्णु भट्टले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै गाउँपालिकाको १ र २ वडामा पछिल्ला दिनहरुमा कोभिड १९ सँग मिल्दोजुल्दो लक्षणका विरामी बढ्न थालेपछि चिन्ताको अवस्था सिर्जना भएको जनाएका छन् ।
उनले प्रदेश र केन्द्रका सांसदसँग पनि सहयोगको आग्रह गरेका छन्। साथै सबै राजनीतिक दलहरूलाई यस अवस्थालाई सामान्यीकरण गर्न अध्यक्ष भट्टले आग्रह गरेका छन्।