arrow

एमाले नेताहरूको निधनमा ओली दुःखी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
kp-oli6.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसांसदद्वय रत्नप्रसाद शर्मा न्यौपाने र योगनारायण यादवको निधनप्रति दुःख व्यक्त गरेका छन् ।  उनले बिहिवार शोक वक्तव्य जारी गरी उनहरुको निधनमा दुःख व्यक्त गर्दै नेकपा (एमाले)ले निष्ठावान् र  इमान्दार नेता गुमाएको बताएका छन् ।

एमालेका अध्यक्ष ओलीले  जाजरकोटका जनताबीच जनप्रिय न्यौपानेको निधनबाट एमालेले निष्ठावान नेता तथा जाजरकोटी जनताले इमान्दार जनसेवक गुमाउनुपरेको जनाएका छन् ।  न्यौपाने २०५६ सालको आमनिर्वाचनमा जाजरकोट– २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

एमालेका कर्णाली प्रदेश समिति सदस्य र भ्रातृ संगठन अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष न्यौपानेको बुधबार उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो । 

यस्तै एमालेका इमान्दार नेता र धनुषाका सुयोग्य जनप्रतिनिधि यादवका निधनबाट एमालेले निष्ठावान् नेता र तथा धनुषाका जनताले विकासप्रेमी नेता गुमाएको अध्यक्ष ओलीले बताएका छन् ।  एमालेका केन्द्रीय सदस्य उनको केही दिनअघि निधन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ