arrow

कोरोनाबाट स्वास्थ्यकर्मीको निधन, नगरपालिकामा शोक विदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
pcr-test-corona-nepal.jpg

कञ्चनपुर । बेदकोट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत नर्सिङ निरीक्षक सरस्वती कार्कीको कोरोना संक्रमणका कारण उपचारका क्रममा निधन भएको छ । कार्कीको निधन पछि नगरपालिका बिहिवार शोक विदा दिईएको छ । 

नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरूमा शोक विदा दिईएको छ । कार्कीको बुधबार राति बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

नगरपालिकाका कार्यरत राष्ट्रसेवक कर्मचारी कार्कीको असामयिक निधनले स्तब्ध र दुखित भएको नगर प्रमुख असोक चन्दले बताए । नगरपालिकाले एक इमान्दार, असल कर्तव्यनिष्ठ राष्ट्र सेवक गुमाएको उनले बताए । कोरोनाका बिरामीका लागि स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापनको कार्यमा निरन्तर खटिनु भएकी उनलाई वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोनाको संक्रमण भएपछि होम आइसोलेशन बस्दै आएकी कार्कीको स्वास्थ्य अबस्था जटिल बनेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । 

कोरोनाको दोस्रो लहरमा निधन हुने उन पहिलो स्वाथ्यकर्मी हुन् । कार्की भीमदत्त नगरपालिका–६ ऐठपुरका स्थायी बासिन्दा थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ