arrow

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचन परिणामको प्रतिवेदन पेश 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
election-commission1-1618997712.jpg

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणामको प्रतिवेदन पेश गरेको छ ।

जेठ ६ गते बाग्मती प्रदेशमा सम्पन्न अन्य समूहतर्फको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपतिको कार्यालय मार्फत् राष्ट्रपति समक्ष आयोगले पेश गरेको आयोगका सह–प्रवक्ता कोमल प्रसाद धमलाले जनाएका छन् । जेठ ६ गते भएको वाग्मती प्रदेशको उपनिर्वाचनमा डा.खिमलाल देवकोटा विजयी भएको प्रतिवेदनमा जनाइएको छ ।

‘उक्त प्रतिवेदन आयोगको मिति २०७८।२।११ को निर्णयबाट स्वीकृत गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम पेश गरिएको हो ’, सहप्रवक्ता धमलाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिवेदनमा राष्ट्रियसभा सदस्य उपनिर्वाचन सन्दर्भमा भए गरेका कार्यहरु, राजनीतिक दल दर्ता, निर्वाचनको तयारी, मतदाता नामावली र मतभार, निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना, निर्वाचन कार्यक्रम संचालन, उम्मेदवारको मनोनयन दर्ता, जनशक्ति मतदान केन्द्र र सामग्री व्यवस्थापन, अभिमुखीकरण र मतदाता शिक्षा कार्यक्रम, मतपत्र व्यवस्थापन, सुरक्षा व्यवस्था र स्वास्थ्य सुरक्षा प्रवन्ध, निर्वाचन अनुगमन र अवलोकन, मतदान, मतगणना र परिणाम घोषणा लगायतका विषयहरु समावेश गरी तयार गरिएको विज्ञप्तिमा भनिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ