arrow

स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको देउवाद्धारा भत्सर्ना, दोषीमाथि कडा कारबाही गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
deuba--nc-congress-1.jpg
तस्वीर–फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रामणको भत्सर्ना गरेका छन् । उनले दोषीमाथि कडा कारबाही गर्न पनि माग गरेका छन् । उनले सामाजिक संजाल ट्वीटरमार्फत लेखेका छन्, ‘नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो।’

कोरोना भाइरसको महामारीका बेलामा जोखिम मोलेर खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको तत्काल छानबिन गरी आक्रमणमा संलग्नमाथि कडा कारबाही गर्न देउवाले माग गरेका हुन् । उनले अगाडि लेखेका छन्, ‘यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु विरामीको उपचारमा दिनरात खटेका छन् । स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु ।’

के भएको थियो भेरी अस्पतालमा ?

अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको हो । उपचारका क्रममा एक जना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका हुन् । 

सिप्याप भेन्टिलेटरमा दाङका ५४ वर्षीय संक्रमित उपचाररत थिए । उनको अवस्था गम्भीर थियो । स्वास्थ्यमा सुधार आउन नसक्दा उनको मृत्यु भयो । 

उनको मृत्यु पछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्दै चिकित्सकहरुमाथि आक्रमण गर्न थालेपछि ४ जना चिकित्सक झ्यालबाट हाम्फालेर ज्यान बचाएका थिए । 

उपचारमा संलग्न डाक्टर, नर्ससहित ६ जना स्वास्थ्यकर्मीमाथि उनीहरुले आक्रमण गरेको बताइएको छ । नर्सहरुलाई लातलेसमेत हानेका थिए । 

को हुन् आक्रमण गर्ने ? 
आक्रमण गर्ने अरु कोही नभएर दाङका एमाले नेता मानबहादुर रावत हुन् । उनका दाइको उपचारका क्रममा मृत्यु भएपछि त्यही रीसको झवाँकमा आफ्नो नैतिकतासमेत भुलेर एक्कासी गुन्डाधारी रुप धारण गरेका हुन् । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लुम्बनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसम्मको नाम लिएर ध्वाँस देखाएका थिए । 

उनैले गुन्डा बोलाएर चिकित्सकहरुमाथि आक्रमण गर्न लगाएको आरोप पीडित चिकित्सकहरुको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ