arrow

प्रतिनिधि सभा विघटनविरुद्धका ३१ मुद्दाको सुनुवाइ हुँदै, यी हुन् संवैधानिक इजलासका न्यायाधीशहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
sambaidhanik-ijalas-2078-pa.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर सम्बन्धी सबै रिट निवेदनमाथि शुक्रबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बिहीबार प्रतिनिधि सभा विघटनविरूद्धका १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको थियो । बाँकी ११ वटा पहिले नै संवैधानिक इजलासमा पठाउने निर्णय भएको थियो । 

त्यस्तै अदालतको मानहानी मुद्दामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको मुद्दालाई पनि संवैधानिक इजलासमै पठाइएको छ । त्रिपाठीले संविधानको धारा ११९ ले संघीय संसदमै बजेट प्रस्तुत गर्ने प्रावधान रहेको र त्यसको वैकल्पिक व्यवस्था संविधानले नतोेकेको भन्दै अध्यादेशबाट बजेट ल्याउन रोक्न माग गरी सदनबाटै बजेट ल्याउन अन्तरिम आदेश दिन माग गरेका थिए । 

तर उक्त मागको सुनुवाइ भएन । 

उनले २४ घण्टाभित्र प्रधानमन्त्रीलाई अदालतमा बोलाउन पनि माग गरेका थिए । 

अब ३१ वटै मुद्दामा सुनुवाइ शुरु हुँदैछ । जसमा चार वटा मुद्दा भने प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षका मुद्दा हुन् । 

को को छानिए संवैधानिक इजलासमा 
पाँच सदस्यीय संवैधानिक इजलास प्रधानन्यायाधीश जबराको नेतृत्वमा गठन भएको छ । जसमा न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ