arrow

संवैधानिक इजलासमा सुनुवाइ शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
supreme-ejalas-2nd.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटन बिरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले संवैधानिक इजलास गठन गरेपछि इजलासमा सुनुवाइ शुरु भएको हो । राणाले आजै पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका हुन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध दायर सम्बन्धी सबै रिटलाई राणाले एकल इजलासमार्फत संवैधानिक इजलासमा सुनुवाइ गर्न बिहीबार आदेश दिएका थिए ।

प्रतिनिधि सभा विघटन बिरुद्ध सर्वोच्चमा ३० रिट परेका छन् । यस्तै अदालतको मानहानी मुद्दामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको मुद्दालाई पनि संवैधानिक इजलासमै पठाइएको छ ।

पाँच सदस्यीय संवैधानिक इजलास प्रधानन्यायाधीश राणाको नेतृत्वमा गठन भएको छ । जसमा न्यायाधीशहरु दीपककुमार कार्की, डा.आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ