arrow

बारपाकका पाँच हजार स्थानीयको एण्टीजेन टेष्ट गर्न नेता श्रेष्ठको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
naryankagi.png

काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा कोरोना संक्रमण फैलिएको भन्दै माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले पाँच हजार जना स्थानीयको एण्टीजेन टेष्ट गर्न माग गरेका छन् ।

रोगको प्रकोपले भयावह रुप लिई केही दिन भित्र १२ जनाको निधन भइसकेको जनाउँदै नेता श्रेष्ठले रिपोर्टको आधारमा थप कार्ययोजना बनाउन सुझाव दिएका छन् ।

नेता श्रेष्ठले संक्रमितहरुको स्थलगत रुपमै चिकित्सकहरुद्वारा स्वास्थ्य परीक्षण गरी सामान्य, मध्यम र गम्भीर केसहरु छुट्ट्याई उपचारको योजना बनाइ संक्रमित नभैसकेकाहरु सबैलाई घरमै क्वारान्टिनमा राख्न र घरको उपयुक्तता हेरी सामान्य संक्रमितहरुलाई होम आइसोलेसनमा राख्न पनि सुझाीका छन् ।

घरमै क्वारान्टिन र आइसोलेसनमा स्वास्थ्य्मपदण्डको पालनामा कडाइ गरी घरमा आइसोलेसनमा बस्न उपयुक्त व्यवस्था नभएका सामान्य संक्रमित र मध्यम प्रकारका केसहरुको लागि तत्काल ब्यबस्थित आइसोलेसन सेन्टर बनाउन पनि माग राखेका छन् ।

उनले अक्सिजन  र मोनिटरिङ मेसिनसहितको आइसोलेसन सेन्टर रहनुपर्ने साथै स्थानीय स्तरमै एक जना कन्सल्ट्याण्ट फिजिसिएन, मेडिकल अफिसर चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीको टोली व्यवस्था गर्न पनि माग गरेका छन् ।

यसअघि गाउँपालिका अध्यक्ष विष्णु भट्टले एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै गाउँपालिकाको १ र २ वडामा पछिल्ला दिनहरुमा कोभिड १९ सँग मिल्दोजुल्दो लक्षणका विरामी बढ्न थालेपछि चिन्ताको अवस्था सिर्जना भएको जनाएका छन् । उनले रोग नियन्त्रण, रोकथाम तथा व्यवस्थापनमा गाउँपालिका एक्लैलाई चुनौति हुने भन्दै प्रदेश र केन्द्र सरकारसँग सहयोग माग गरेका छन् । 
 



नयाँ