arrow

आफै खोप किन्न बेलबारी नगरले मन्त्रालयसँग माग्यो स्वीकृति

logo
विवेक मिश्र,
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
health_ministry_1617956882.JPG

मोरङ । मोरङको बेलबारी नगरपालिकाले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग स्वीकृति मागेको छ । नगरले आफ्ना नागरिकका लागि ८० हजार डोज खोप आफैँ खरिद गर्ने जनाउँदै मन्त्रालयमा  पत्राचार गरेको नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले बताए । 

नगरपालिकाले दुई चरणमा खोप उपलब्ध गराइदिन माग गरेको हो । पहिलो चरणमा १८ वर्ष देखी ४० वर्ष सम्मका ४० हजार दोस्रो चरणमा  ४० हजार डोज खोप स्वीकृतिका लागि माग गरिएको नगर प्रमुख सुबेदीले बताए । 

नगरप्रमुख सुबेदीका अनुसार मन्त्रालयले स्वीकृति दिए लगत्तै प्रक्रिया थालेर खोप ल्याइने छ ।  नागरिकलाई बचाउन जसरी भए पनि खोप किन्नुपर्ने आवश्यकता भैसकेको छ उनले भने मन्त्रालयले स्वीकृति दिए हामी खोप ल्याउने प्रक्रिया थालिहाल्छौ । 

नागरिक बचाउनमा लागि कुनै पनि कसर बाकी नराख्ने समेत बताए । खोप खरिदका लागि मन्त्रालयसङ यस बारे पटक पटक छलफल भइरहेको सुबेदीको बताए । 

बेलबारीमा २ सय ५० जना भन्दा बढी कोरोना सङ्क्रमित रहेका छन् भने १० जनाले ज्यान गुमाइसकेका छन् । नगरपालिकाको आफ्नै अक्सिजन सहितको आइसोलेसन निर्माण गरेको छ भने आफ्नै एम्बुलेन्स तथा अन्य केही सङ्घ संस्थाका एम्बुलेन्स समेत नगरपालिकाले लिएर कोरोना सङ्क्रमितहरूलाई निःशुल्क अस्पताल लैजाने ल्याउने समेत गरिरहेको नगरपालिकाको कार्यालयले जनाएको छ ।

No description available.

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ