arrow

स्नातक तहको परीक्षा फाराम भर्न त्रिविको सूचना, नेविसंघको विरोध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
nepal-student-union.jpg.jpeg

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खु द्वारा जेठ ९ गते प्रकाशित स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना प्रति ध्यानाकर्षण जनाएको छ ।

नेविसंघ अध्यक्ष राजीव ढुङ्गानाले शुक्रवार विज्ञप्ति जारी गरी  त्रि वि परीक्षा नियन्त्रण कार्यालयलाई तत्काल उक्त निर्णय सच्याउन माग गरेका हुन् । 

महामन्त्री दीपक भट्टराईले भने,' परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फाराम भर्न गरेको निर्णय अव्यवहारिक र त्रुटिपूर्ण छ। यसले विद्यार्थीहरूमा अन्योल सृजना गर्नुका साथै त्रसित पनि बनाएको छ। तुरुन्तै यसलाई सच्याएर सङ्कट अनुकूल व्यवहारिक बनाइयोस्।' 

प्रेस विज्ञप्तिमा भनिएको छ,'  कोरोना महामारीको दोस्रो लहरको प्रकोपका कारण लकडाउन भई सबै नेपाली आफ्नो घरको चार-दिवार भित्र खुम्चिएर बस्नु परेको वर्तमान अवस्थामा अनलाइन मार्फत परीक्षा फारम भर्ने कुरा स्वागतयोग्य भए पनि अन्य धेरै व्यवहारिक यथार्थता तर्फ ध्यान नपुर्‍याइएको महसुस भएकोले तत्काल उक्त सूचनालाई परिमार्जन गर्न जोडदार माग गर्दछौँ ।'

'प्रायः विध्यार्थीहरु आ-आफ्नो घरमा रहेको वर्तमान अवस्थामा दूर-दराजका गाउँहरूमा प्रविधिको पहुँच नभएकोले ज्येष्ठ २० गतेभित्र अनलाइन फारम भरी सक्ने कुरा अत्यन्त अव्यवहारिक छ । कतिपय स्थानमा बैङ्क र वित्तीय संस्थाहरू समेत बन्द रहेको तथा गाउँबाट सहर बजार सम्म आइ बैंकिंग सेवा प्राप्त गर्न कठिन रहेको यो अवस्थामा परीक्षा फारम दस्तुर बुझाउन सहज छैन ।

यस्तो प्रतिकुल अवस्थामा पनि आषाढ १ देखि ७ गतेसम्म दोब्बर दस्तुर बुझाइ फारम भर्न पाइने सूचना हास्यास्पद र विद्यार्थी-मारा निर्णय हो। अतः त्रि. वि., परीक्षा नियन्त्रण कार्यालयलाई तत्काल उक्त निर्णय सच्याउन जोडदार माग गर्दछौँ । आषाढ ७ गते सम्म दोब्बर दस्तुर हैन, सामान्य दस्तुर तिरेर परीक्षा फारम भर्न पाउने गरी सूचना नसच्याए आन्दोलन गर्न बाध्य हुनेछौँ' विज्ञप्तिमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ