arrow

कोरोना जितेका वीरगञ्जका तीन जनामा ‘ब्ल्याक फङ्गस’को संक्रमण पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
fungus.jpg

काठमाडौं । वीरगञ्जमा कोरोना भाइरसको सङ्क्रमण जितेका तीन जनामा ‘ब्ल्याक फङ्गस’ म्युकरर्माइकोसिस अर्थात् कालो ढुसीको सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्जको मंगलम डाइग्नोष्टिक सेन्टरमा २५ बर्ष, ४५ बर्ष र ६० बर्ष उमेर समूहका तीन जनामा  ‘ब्ल्याक फङ्गस’को सङ्क्रमण पुष्टि भएको हाे । डाइग्नोष्टिकका सञ्चालक सिनियर कन्सल्टेन्ट प्याथोलोजिष्ट प्रोफेसर डाक्टर अमरनाथ (एएन) ठाकुरले बताए तीन जनामध्ये एक जनाको अवस्था निकै गम्भीर रहेको समेत बताएका छन्  ।

म्युकरमाईकोसिस सङ्क्रमण पत्ता लगाउन सुरुमा केओएच टेष्ट गरेर फङ्गस इन्फेक्सन हो या हैन भनेर थाहा हुन्छ र त्यसपछि दोस्रो चरण कुन फङ्गसको इन्फेक्सन छ भनेर प्रमाणित गर्न फङ्गल कल्चर गरिन्छ ।

१५ बर्ष र ४५ बर्षका दुई जनाको कल्चर रिपोर्ट पनि आइसकेको र एक जना चितवन र एजनालाई भारतको लखनउ रिफर गरिएको प्रोफेसर डा. अमरनाथ ठाकुरले बताए । अर्का एक जनाको केओएच रिपोर्ट आइसकेको र कल्चर आउन बाँकी रहेको उनले बताए ।

मंगलमले  फार्मा माइक्रोबायोजिस्ट डा. रबिशंकर गुप्ताको विशेष पहलमा फङ्गस टेष्ट गर्न थालेको हो । केही महँगो हुने भएका कारण सबैतिर फङ्गस परीक्षण नहुने गरेको उनको भनाइ छ ।

समयमै उपचार पाउन सकेमा ब्ल्याक फङ्गसकाे संक्रमणबाट ज्यान जोगिने सकिने डा. ठाकुर बताउँछन् । कोरोना निको भइसकेपछि नाक छेउका हड्डीहरू दुख्न थाल्यो भने तुरुन्त परीक्षण गराइहाल्नु पर्ने उनको भनाइ छ ।

केही दिनमा मंगलम डाइग्नोष्टिकले यसकाे उपचार प्रक्रिया पनि सुरु गर्ने उनले बताएका छन् । 



नयाँ