arrow

'स्वास्थ्यकर्मीले हाम फालेर ज्यान जोगाउनु पर्ने घटना सामान्य होइन'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
bibekshil-sajha.jpg

काठमाडौँ ।  विवेकशील साझा पार्टीले  नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्समाथि आक्रमणको आक्रमणको भर्त्सना गरेको छ । विवेकशील साझाले विज्ञप्तिमार्फत अस्पताल जस्तो संवेदनशील कार्यक्षेत्रभित्र स्वास्थ्यकर्मीमाथि अभद्र भीड पुगेर गरिएको आक्रमणको भर्त्सना गरेको हो । 

विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ 'आक्रमणमा सत्तारूढ एमालेका प्रदेश तहका नेताको संलग्नता रहेको भनी खबरहरू सार्वजनिक भएका छन्। समाजमा परिचित गण्डालाई मन्त्री बनाएर पुरस्कृत गर्ने नेता भएको देशमा दलका नेताहरू पनि गुण्डागर्दीमा संलग्न हुनु अस्वाभाविक होइन। तर पनि आक्रमणकारीहरूलाई राजनीतिक संरक्षण नदिई कानुनी कारबाही गर्न तथा भेरी अस्पतालसहित देशभरका स्वास्थ्यकर्मीले निर्धक्क भई काम गर्ने वातावरण सुनिश्चित गर्न विवेकशील साझा पार्टी सरकारसँग जोडदार माग गर्दछ। राज्यको स्वास्थ्य प्रणाली फितलो रहँदा र सरकारको अकर्मण्यताले गर्दा मुलुकभर स्वास्थ्यकर्मीहरू यस्तो महामारीको समयमा अत्यन्त सीमित स्रोत, साधन र जनशक्तिका साथ अहोरात्र खटिनु परिरहेको छ। आफू स्वयं र परिवार कुनै पनि बेला सङ्क्रमित हुनसक्ने जोखिम बोकेर तथा कतिपय स्थानमा आफू सङ्क्रमित भइकन पनि सुरक्षा मापदण्ड अपनाइ अन्य सङ्क्रमितको उपचारमा सक्रिय स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गर्नु पर्नेमा उल्टै साङ्घातिक आक्रमण हुनु अत्यन्त निन्दनीय छ।' 
 
'अस्पतालजस्तो संवेदनशील कार्यक्षेत्रभित्र जिम्मेवार स्वास्थ्यकर्मीमाथि अभद्र भिड पुगेर आक्रमणसमेत गर्दा स्वास्थ्यकर्मीहरू माथिल्लो तलाबाट हाम फालेर ज्यान जोगाउनुपरेको घटनालाई सामान्य रूपमा लिन सकिँदैन। हामी यस आक्रमणको घोर भर्त्सना गर्न चाहन्छौँ।'  विवेकशील साझा युवा सङ्गठनका महासचिव सरोज गौतमले आक्रमणमा संलग्न जो सुकैलाई तुरुन्त पक्राउ गरी कानुनी  कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन्  । 

विवेकशील साझाले स्वास्थ्यकर्मीलाई भरपर्दो  सुरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकारलाई अनुरोध गरेको छ भने  घाइते भएका डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अन सारी, स्टाफ नर्स आश्विन गुरुङ, सदिक्षा गैरे र वन्दना श्रेष्ठको सुस्वास्थ्यको कामना गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ