- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ता को जिम्मेवारी डा कृष्णप्रसाद पौडेललाई दिइएको छ । डा पौडेल इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक हुन् ।
यसअघिका प्रवक्तामा डा जागेश्वर गौतम थिए । डा गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएपछि प्रवक्ताबाट हटेका हुन् ।
डा पौडेल मन्त्रालयले आफूलाई आजदेखि प्रवक्ताको जिम्मेवारी दिएको जानकारी दिए ।