arrow

‘चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई राजनीतिक संरक्षण नहोस’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
bibekshil-shaja-party.jpg

काठमाडौं । विवेकशील साझा पार्टीले बाँकेको भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको आक्रमण तथा तोडफोडको निन्दा गरेको छ ।

प्रवक्ता शरदराज पाठकले विज्ञप्ति सार्वजनिक गर्दै आक्रमणकारीहरूलाई राजनीतिक संरक्षण नदिई कानुनी कारबाही गर्न तथा भेरी अस्पतालसहित देशभरका स्वास्थ्यकर्मीले निर्धक्क भई काम गर्ने वातावरण सुनिश्चित गर्न माग गरेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, ‘राज्यको स्वास्थ्य प्रणाली फितलो रहँदा र सरकारको अकर्मण्यताले गर्दा मुलुकभर स्वास्थ्यकर्मीहरू यस्तो महामारीको समयमा अत्यन्त सीमित स्रोत, साधन र जनशक्तिका साथ अहोरात्र खटिनु परिरहेको छ।

आफू स्वयं र परिवार कुनै पनि बेला सङ्क्रमित हुनसक्ने जोखिम बोकेर तथा कतिपय स्थानमा आफू सङ्क्रमित भइकन पनि सुरक्षा मापदण्ड अपनाइ अन्य सङ्क्रमितको उपचारमा सक्रिय स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गर्नु पर्नेमा उल्टै साङ्घातिक आक्रमण हुनु अत्यन्त निन्दनीय छ।’

आक्रमणमा सत्तारूढ एमालेका प्रदेश तहका नेताको संलग्नता रहेको भनी खबरहरू आइरहेको जनाउँदै प्रवक्ता पाठकले  समाजमा परिचित गुण्डालाई मन्त्री बनाएर पुरस्कृत गर्ने नेता भएको देशमा दलका नेताहरू पनि गुण्डागर्दीमा संलग्न हुनु अस्वाभाविक नभएको पनि बताएका छन् ।

उनले आक्रमणकारीहरूलाई राजनीतिक संरक्षण नदिई कानुनी कारबाही गर्न तथा भेरी अस्पतालसहित देशभरका स्वास्थ्यकर्मीले निर्धक्क भई काम गर्ने वातावरण सुनिश्चित गर्न माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ