arrow

दुःख परेका बेला भावनात्मक उत्तेजना आउँछ, संयम रहौं : राष्ट्रपति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
bidyadevi.jpg.jpeg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भेरी अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको प्रतिक्रिया दिएकी छन् ।

शुक्रबार सामाजिक संजालमार्फत आफ्नो प्रतिक्रिया लेख्दै भेरी अस्पताल घट्नाको निन्दा गरेकी हुन् । उनले आफ्नो र परिवारको जीवन जोखिममा राखेर कोभिड–१९ का बिरामीको उपचारमा संलग्न अस्पतालका चिकित्सक तथा नर्सप्रति दुर्व्यवहार हुनु खेदजनक भएको बताएकी हुन् ।

उनले लेखेकी छिन्, ‘दुःख परेका बेला भावनात्मक उत्तेजना हुन सक्छ। यस विषम परिस्थितिमा संयम र धैर्य अपनाउँदै यो महामारीलाई परास्त गर्नु हामी सबैको साझा दायित्व हो ।’

विहीबार अस्पतालमा दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आइसीयूकक्षमा तोडफोड गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ