arrow

बादललाई हराउने खिमलालले लिए शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
Khimlal-devkota.jpg

काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादललाई हराएका डा खिमलाल देवकोटाले शपथ लिएका छन् । राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

 वाग्मती प्रदेशमा यही जेठ ६ गते सम्पन्न राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा उनी निर्वाचित भएका थिए । एमालेका उम्मेदवार बनेका बादललाई पराजित गर्दै पाँच हजार ८८ मतभार प्राप्त गरी सङ्घीयताविद् डा देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी भएका थिए ।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा शुक्रवार आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले उनलाई सङ्घीय सांसद्को प्रतीक चिह्नसमेत प्रदान गरे ।
     
समारोहमा राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल र संसद् सचिवालयका महासचिव डा भरत गौतमलगायतले उनको स्वागत गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ