- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिका केही सिमित व्यक्तिको स्वार्थ र कुन्ठाका कारण प्रतिनिधि सभा विघटन गरिएको स्पष्ट पारेका छन् ।
शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै उनले प्रतिनिधि सभालाई पूर्ण अवधि संचालन गर्ने र अपेक्षित उपलब्धि हासिल गर्ने अवस्था नभएपछि विघटनको बाटोमा जानुपरेको बताए ।
सम्बोधनका क्रममा उनले भने, मैंले विश्वासको मत दिन आग्रह गरेको थिएँ होइन भने स्वास्थ्य प्रतिस्पर्धामार्फत वैकल्पिक सरकार आग्रह गर्दा त्यो संभावना देखिएन ।’ उनले राजनीतिक अर्कमण्यता र अन्योल कायम रहेकाले मार्ग प्रसस्त गरेको बताए । उनले कोरोना महामारी नियन्त्रणका लागि सबै नागरिकलाई खोप उपलब्ध गराइे पनि बताए ।