arrow

पार्टी अध्यक्षलाई घेराबन्दी गर्नेलाई इतिहासले हिसाब किताब गर्नेछ: ओली 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
kp-sambodhan.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरता कायम राख्ने स्वार्थ केन्द्रित गठबन्धन र निर्वाचित अध्यक्षलाई घेराबन्दी गर्नेलाई इतिहासले हिसाब किताब गर्ने बताएका छन् ।

नेकपा एमालेभित्रको विभाजन तथा विवादका बारेमा बोल्दै ओलीले महाधिवेशनबाट निर्वाचित अध्यक्ष, संसदीय दलको नेता तथा प्रधानमन्त्रीलाई घेराबन्दी गरिएको बताए ।

शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै ओलीले भने, ‘महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई घेराबन्दीबाट हटाउने दुरासययुक्त प्रयास नभएको भए नयाँ नेतृत्व आइसक्ने र पार्टी शसक्त भइसक्थ्यो ।’

ओलीले एमालेकै कतिपय नेताहरुमा आफना विभाजनकारी गतिविधिमा गल्तीबोद नगरेको उल्टै एकीकरणको रक्षा र नेतृत्वको विपक्षमा उभिएको बताए । नेकपा एमालेको एकता कायम गर्न अन्तिम समयसम्म प्रयास गरिएको र गरिने बताउँदै ओलीले यसबीचमा फलोरक्रस गर्ने, गराउने, वपक्षीलाई सघाउने, साझा उम्मेदारका नाममा बागी उठाउने जस्ता गतिविधिले समस्या आएको बताए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ