arrow

स्वास्थ्यकर्मी माथिको आक्रमण सुरक्षाकर्मी माथिको आक्रमण सरहः प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
kp-sambodhan.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी बिरुद्ध लडिरहेका स्वास्थ्यकर्मीमाथिको आक्रमण सुरक्षाकर्मीमाथिको आक्रमण सरह हुने बताएका छन् ।

देशबासीका नाममा अहिले जारी सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीमाथिको आक्रमण सुरक्षाकर्मीमाथिको आक्रमण बराबर हुने बताएका हुन् ।

महामारी विरुद्ध लडिरहेका स्वास्थ्यकर्मीमाथि हुने आक्रमण ड्युटीमा खटिएका सुरक्षाकर्मीमाथिको आक्रमण सरह मानिनेछ’ सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने ।

उनले विश्वव्यापी कोरोना संक्रमणको प्रमुख चुनौती नै जनताको जीवनरक्षा गर्नु भएकोसमेत बताए । सरकार त्यसतर्फ अघि बढिरहेको भन्दै उनले त्यसका लागि नै निषेधाज्ञा कायम गरिएकोसमेत प्रष्ट्याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ