- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम पूर्व स्वास्थ्यमन्त्री गगन थापाले यही असारमा हुने भनिएको स्नात्तकोत्तर तह (पीजी)को परीक्षाबारे छिटो निर्णय गर्न चिकित्सा शिक्षा आयोगसँग अनुरोध गरेका छन् ।
शुक्रबार आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीलाई कार्यकक्षमै भेटेर परीक्षाबारे अलमल नगर्न र बेलैमा निर्णय गर्न थापाले आग्रह गरेका हुन् ।
यही असारमा परीक्षा हुन्छ भन्ने ठानेर पाँच हजारभन्दा बढी चिकित्सक जनशक्ति परीक्षाको तयारी गरेर बसिरहेका बेला यस सन्दर्भमा छिटो निर्णय गर्न आयोगका उपाध्यक्षलाई भेटेर अनुरोध गरेको थापाले जनाएका छन् ।
थापाले भने, ‘अबको ४/५ महिना परीक्षा हुँदैन, पछि परीक्षा मिति तोक्दा कम्तीमा ४५ दिनको तयारी समय राखेर तोकिनेछ भनेर निर्णय गरिदिन आग्रह गरेको हुँ’ उनले भने, ‘यसले अहिले तयारीका लागि वसेका हजारौं चिकित्सक ढुक्कसंग महामारीको काममा लाग्न सजिलो हुनेछ । उपाध्यक्षले यसबारेमा केही दिनभित्र निर्णय गर्ने प्रतिबद्धता जनाउनु भएको छ।’
साथै थापाले आयोगको निर्णयसँगै चिकित्सा शिक्षा नियमावलीमा महामारीमा तोकिएको काम गरेकाहरूलाई पीजीमा आवेदन दिँदा निश्चित अङ्क थप पाउने’ नियम थप्न पनि आग्रह गरेको थापाले जानकारी दिए । उनले भने, ‘सरकारको यो एउटा निर्णयबाट अहिले महामारीको लडाईमा जनशक्तिको अभावलाई केही कम गर्न ठुलो मद्दत पुग्नेछ।’