- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको संस्थागत विकास गरी समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
गणतन्त्र दिवसमा अवसरमा आज शुभकामना दिँदै उनले लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्नुपर्ने जनाएका छन्।
कोभिड—१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको अवस्थामा सङ्क्रमणबाट आफू जोगिन र अरूलाई पनि जोगाउन स्वास्थ्य मापदण्डलाई पूर्ण रूपमा पालना गर्दै उच्च सतर्कता र दृढ मनोबलका लागि सबैलाई आग्रह गरेका छन्।
पूर्व प्रधानमन्त्री देउवाले नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२-६३ को सफलतापछि नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा स्थापित भएको जनाउँदै लोकतन्त्रको स्थापना र पुनः स्थापनाका जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात सबै शहीदप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली अर्पण गर्दै गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना प्रकट गरेका छन्।