arrow

दुई विकल्पमा मात्र बन्न सक्छ राष्ट्रिय सहमतिको सरकार : दिव्यमणी राजभण्डारी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
dibyamani-rajbhandari.gif

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद दिव्यमणी राजभण्डारीले राष्ट्रिय सरकार गठनका लागि दुई आधार देखाएका छन् । हाम्राकुरासँगको कुराकानीमा उनले जुन व्यक्तिलाई धेरैले मन पराएको हुन्छ त्यही व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्ने धारणा राखेका छन् । उनले वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्नै नहुने बताएका छन् । 

तर उनले स्पष्ट पार्दै भन्छन्, ‘ओलीलाई नै सबैले मन पराए भने ओलीकै हो । तर अहिले मेजोरिटीले मन पाएको त शेरबहादुर देउवालाई हो ।’

उनले राष्ट्रिय सरकारको नेतृत्व गर्ने अर्को आधार दिँदै भने, ‘जनमतको कदर गर्ने हो भने समानुपातिक भोट जनताले कसलाई कति दिएको थियो त्यो पार्टीलाई नै निर्णय गर्न दिनुपर्यो । कि एमाले र माओवादी मिलेर ५३ प्रतिशत भो, अहिले नेपाली कांग्रेस र माओवादी मिलेर ५३ प्रतिशत छ ।’

नेता राजभण्डारीले समानुपातिकमा जनता समाजवादी पार्टी जसपा नेपालको बारेमा बोले, ‘जसपा ससपाको कुरा छोडिदिउँ । कि सांसदहरुको बहुमतले नेतृत्व गरेको राष्ट्रिय सरकार बनाउनु पर्यो । हैन भने समानुपातिक भोटका आधारमा राष्ट्रिय सरकार बनाउनु पर्यो ।’

जसपालाई किने जोड्न खोजेनन् दिव्यमणीले त ? उनी भन्छन्, ‘जसपा आधि टुक्रिएको हुनाले त्यसलाई जोड्न पर्छ पनि भन्दिन । माधवकुमार नेपालहरु छुट्टिएका छन् । त्यसलाई पनि भन्दिन म । राष्ट्रिय सरकारको सैद्धान्तिक गर्दा चाहिँ यो हिसाबले हुनुपर्छ भन्ने हो ।’

 प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति गरेर जाने हो भने देशलाई कि सांसदहरुको संख्याले नेतृत्व जसलाई गर भन्छ उसैको अध्यक्षतामा राष्ट्रिय सरकार हुनुपर्यो कि हैन दलगतको कुरा गर्छ भनेदेखि कुन कुन दललाई समानुपातिकमा कति कति भोट दिएको थियो । त्यहाँ नेपाली कांग्रेस, एमाले नाम नलिने । जनताको आदेश अनुसार हुनुपर्यो ।’

राष्ट्रिय पार्टी त चार वटा छ । त्यो हेर्दा पनि कन्फ्युजन हुन्छ । त्यो भएका कारणले अहिले दुई वटा विकल्पमात्र खुला गर्नुपर्छ ।’ 

शुक्रबार ओलीले आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन प्रस्ताव गरेपछि सांसद राजभण्डारीले उक्त विकल्प देखेका हुन् । उनी भन्छन्, ‘जो असफल छ उसकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नै सक्दैन ।’

असंवैधानिक बन्दै अगाडि बढेका ओलीले बजारमा कुतर्कमात्र गर्दै हिँडिरहेको आरोप पनि राजभण्डारीले लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ