arrow

उज्वल थापाको उपचारका लागि ५१ लाख बढी रकम संकलन, प्रसाइँको सहयोग ‘आवश्यक परेन’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
ujjwal-hospital.jpg
तस्विर : मिलन पाण्डेको फेसबुकबाट

काठमाडौं । कोरोना संक्रमण भइ उपचाररत विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको उपचारका लागि ५१ लाख बढी रकम संकलन भएको छ ।

थापाको सहयोगका लागि हालसम्म अमेरिकी डलर २२,२९१ र नेपालमा रहेको बैंक खातामा करिब रु २६,५०,००० जम्मा भएको परिवारले जनाएको छ । दुवै रकम जोड्दा करिब ५१ लाख नेपाली रुपैंयाँ हुन आउँछ ।

संक्रमणपछि फोक्सोमा गम्भीर असर देखिएपछि अत्याधुनिक उपकरणको सहायतामा एक्मो (इसीएमओ) प्रविधिबाट मेडिसिटी अस्पतालमा उनको उपचार भइरहेको छ । क्राउडफन्डिक मार्फत उनको आर्थिक संकलन भइरहेको आर्थिक संकलनको संयोजन गरिरहेका आलोक सुवेदीले जानकारी दिए । ‘उपचारमा दैनिक करिब अढाइ लाख रुपैंयाँ खर्च भइरहेको छ, स्वास्थ्य अवस्थाबारे पछिल्लो रिपोर्ट बेलुकी मात्र आउँछ ।’

मेडिसिटिका मेडिकल सुपरीटेन्डेन्ट डा.राज राणाले शुक्रबार बेलुकी दिएको अनुसार कोभिडले थापाको फोक्सोमा धेरै क्षति पुर्‍याएकाले एक्मोको सहायतामा उपचार गर्नुपरेको हो । चिकित्सकका अनुसार एकदमै जटिल अवस्थामा पुगेका बिरामीहरुलाई एक्मोको सहायताले उपचार गरिन्छ ।

यता, थापाको उपचारका लागि बिएण्डसी मेडिकल कलेजका सञ्जालक दुर्गा प्रसाईंले गरेको सहयोग प्रस्ताव अस्वीकार गरिएको प्रेस नोटमार्फत जानकारी दिइएको छ । शनिबार बिहान  विज्ञप्ति जारी गर्दै प्रसाइँले भेन्टिलेटरमा उपचचाररत थापाको सम्पूर्ण उपचार खर्च आफूले व्यहोर्ने घोषणा गरेका थिए ।

तर शनिबार नै परिवार, साथी र शुभेच्छुकहरुको तर्फबाट थापाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन जारी गरिएको प्रेस नोटमा उक्त सहयोग अस्वीकार गरिएको जनाइएको छ ।

‘उज्वल थापाको परिवार, आफन्तजन, साथी तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोगले नै स्वास्थ्य उपचारको खर्च व्यहोरिरहेको र भविष्यमा पनि त्यसै गर्ने भएकोले श्री दुर्गा प्रसाईंलाई सद्भावको लागि धन्यवाद ज्ञापन गर्दै उहाँले दिने भनेको सहयोग आवश्यक नपर्ने व्यहोरा जानकारी गराउँदछौं’ प्रेस नोटमा भनिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ