arrow

केडिसी ल्याबमा पत्रकारको पिसिआर गर्दा ५० प्रतिशत छुट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
KDC-PCR.jpg

काठमाडौं । काठमाडौंको वसुन्धरामा रहेको केडिसी पिसिआर ल्याबले पत्रकारहरुलाई पिसिआर परीक्षण गर्दा ५० प्रतिशत छुट दिने भएको छ ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखा र केडिसी ल्याबबीच भएको सम्झौता अनुसार सो ल्याबले पत्रकारहरुलाई पिसिआर परीक्षण गर्दा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । हाल सो ल्याबले पिसिआर परिक्षणका लागि २ हजार रुपैयाँ शुल्क लिदै आइरहेको छ ।

ल्याव प्रशासन प्रमुख अनिल सापकोटाले महामारीको समयमा आफ्नो जिवनको प्रवाह नगरी अग्रभागमा रहेर नागरिकलाई सुसूचित गराउन खटिएका पत्रकारहरुलाई सामाजिक दायित्व अनुसार सो छुटको ब्यवस्था गरेको जानकारी दिए ।

वसुन्धारामा रहेको कान्तिपुर डेन्टल कलेज परिसरमा सो ल्याब संचालनमा छ । सरकारी मापदण्डलाई पूर्ण रुपमा पालनागरी संचालमा रहेको सो ल्याव पिसिआर रिपोर्टको लागि काठमाडौं उपत्यकामा भित्र बिश्वासनीय मानिदै आएको छ ।

दिनमा करिब सात सय जनाको पिसिआर रिपोर्ट दिन सक्ने सो ल्यावले सेवाग्राहीलाई करिब ६ देखि ८ घण्टामा पिसिआरको रिपोर्ट उपलब्ध गराउँदै आइरहेको छ । 

बिहान ६ बजेदेखि रातिको १२ बजेसम्म खुल्ने सो ल्याबले हाल घरमै गएर कोरोना संक्रमित वा आशंका भएकाको स्वाब लिने व्यवस्थासमेत गरेको छ । त्यसरी घरमा जाँदा भन २५ सय रुपैयाँ लिने गरिएको ल्याब ल्याबका प्रसासन प्रमुख साकोटाले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ काठमाडौ शाखा अध्यक्ष सूर्य सुवेदीका अनुसार काठमाडौं शाखासहित ललितपुर र भक्तपुरका सदस्यहरु, तथा सबै प्रतिष्ठान शाखाका सदस्य र एसोसिएट शाखा सदस्यहरुले आफ्नो परिचयपत्र देखाएर यो सुबिधा लिन सक्नेछन ।

शाखाका सचिव महेश्वर गौतमले पत्रकारहरुलाई पिसिआर परिक्षणमा सहज होस भन्ने उद्देश्यले केडिसी ल्याबसँग यस्तो सम्झौता गरिएको जानकारी दिए । छुट शुल्क अनुसार पत्रकारले १ हजार रुपैयाँमा पिसिआर परिक्षण गर्न पाउने छन् ।



नयाँ