- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहितका चार नेतालाई २४ घण्टे स्पष्टिकरण सोधेका छन् ।
अध्यक्ष यादवले ठाकुरसहित नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई २४ घण्टाभित्र स्पष्टिकरण बुझाउन भन्दै पत्र काटेका हुन् ।
पार्टी केन्द्रीय कार्यालया प्रमुख प्रकाश अधिकारीले काटेको पत्रमा तोकिएको समय भित्र स्पष्टीकरण नदिए राजनीतिक दल सम्वन्धि ऐन र पार्टीको विधान अनुसार कारवाही गरिने उल्लेख छ । त्यस्तो कारवाही पार्टीकाट निष्काशनसम्म हुनसक्ने पत्रमा उल्लेख छ ।
गत ८ जेठमा बसेको यादव पक्षको कार्यकारिणी परिषद्को बैठकले अध्यक्ष ठाकुरसहितका नेताहरु पार्टी हित विपरित गएको भन्दै कारवाहीको नीति लिंदै आएको छ ।
यसअघि गत ११ जेठमासमेत यो पक्षले ठाकुर पक्षका नेताहरुलाई स्पष्टीकरण सोधेको थियो । सो स्पष्टीकरणको जवाफ नआएपछि पुनः स्पष्टिकरण सोधिएको हो ।