arrow
ADVERTISEMENT

खेलकुदमा बजेट वृद्धि, निवृत्त खेलाडीलाई सहुलियत दरमा कर्जा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
sports-cartoon.png
फाइल तस्बिर

काठमाडौँ। सरकारले आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई रु दुई अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै युवा  मन्त्रालयका लागि उक्त रकम विनियोजन गरेका हुन्। यो रकम चालु आर्थिक वर्षका तुलनामा रु ३८ करोडले वृद्धि गरिएको हो । चालू आवमा मन्त्रालयलाई रु दुई अर्ब ३६ करोड बजेट विनियोजन गरिएको थियो।

बजेटमा सक्रिय खेलजीवनबाट निवृत्त खेलाडीलाई व्यवसाय सञ्चालन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था समेत मिलाइएको छ।

त्यस्तै मोरङको वैजनाथपुर, काठमाडौँको मूलपानी, रुपन्देहीको भैरहवा, दाङको लमही, बाँकेको नेपालगन्ज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट रङ्गशाला निर्माण गर्न आवश्यक बजेट छुट्टाइएको अर्थमन्त्री पौडेलले बताए।

त्यसै गरी झापाको दमकमा बन्ने मदन भण्डारी अन्तर्राष्ट्रिय रङ्गशाला आगामी दुई वर्षभित्र सञ्चालनमा आउने गरी निर्माण गरिने  छ। यसबाहेक सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाइअल्टिच्युड स्पोर्टस सेन्टर निर्माण गर्न आवश्यक रकम बजेटमा व्यवस्था गरिएको छ।

अन्तरराष्ट्रिय स्तरमा पदक हासिल गर्न सक्ने सम्भाव्य खेल पहिचान गरी प्रोत्साहन गरिने बजेटमा उल्लेख  छ। त्यस्तै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता वृद्धि गरिने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ