arrow

दुवाकोटको वीर अस्पताल राष्ट्रिय गौरवका आयोजनामा समावेश

logo
शरद् शर्मा,
प्रकाशित २०७८ जेठ १५ शनिबार
duwakot-bir-hospital-map.jpg
फाइल तस्बिर

काठमाडौँ। सरकारले भक्तपुरको दुवाकोटमा रहेको वीर अस्पतालकका जमिनमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक अस्पताल बनाउने भएको छ। चिकित्सा विज्ञ प्रतिष्ठान (न्याम्स) अन्तरगत वीर अस्पतालको शाखाका रूपमा सो स्थानमा छुट्टै अस्पताल सञ्चालित छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा नयाँ भवनका लागि आगामी आव भित्रमा विस्तृत परियोजना प्रतिवेदन तयार पार्नका लागि बजेट विनियोजन गरिएको छ। सो अस्पताललाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरिने उनको भनाई  छ।

बजेटमा परिवर्तित जीवनशैली, खानपानका कारणले बढ्दै गएको उच्च रक्तचाप, मधुमेह, मुटु तथा क्यान्सर र नसर्ने रोगका लागि दक्ष चिकित्सक र आधुनिक उपकरण सहितको विशिष्टीकृत अस्पताल निर्माण गरिने उल्लेख छ।

चालीस वर्षभन्दा माथिका नागरिकको रक्तचाप, रगत, पिसाब जाँच र स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको वर्षमा एक पटक निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाइएको तथा आगामी वर्ष तीन प्रदेशमा ९ जिल्लामा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्नका लागि बजेट विनियोजन गरिएको छ।

सबै मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान, र केन्द्रीय अस्पतालले कम्तीमा एकवटा सरकारी अस्पतालमा नियमित विशेषज्ञ सेवा सहितको सेटलाइट सेवा सञ्चालन गर्न व्यवस्था मिलाएको छ। दुई सय क्षमता भन्दा बढी शय्याका अस्पतालले मानसिक उपचारका लागि न्यूनतम दश शय्या छुटाउनुपर्ने व्यवस्था मिलाइएको छ। पचास भन्दा बढी शय्या भएका अस्पतालले ज्येष्ठ नागरिकको उपचारका लागि शय्या छुट्ट्याउनुपर्ने व्यवस्था गरिएको छ। 

कीर्तिपुरमा अत्याधुनिक केन्द्र
सरकारले आगामी तीन वर्षका लागि कीर्तिपुरमा अत्याधुनिक केन्द्र स्थापना गर्ने भएको छ। बजेट वक्तव्यमा जटिल तथा घातक रोगका लागि विदेशमा उपचार गर्न जाने व्यवस्थाको अन्त्य गरी स्वदेशमा नै अन्तर्राष्ट्रिय सेवा सहितको सुनिश्चित  गर्न त्रिवि चिकित्सा अध्ययन संस्थान  अन्तर्गत कीर्तिपुरमा एक हजार ५०० शय्याको अत्याधुनिक केन्द्र निर्माण गर्नका गरिने उल्लेख छ ,  केन्द्रमा नेफ्रोलोजी, युरोलोजी, युरोसर्जनी, स्पाइनर सर्जरी, कार्डियोलोजी लगायत रोगको विशिष्ट सेवा  र अध्ययन अनुसन्धानका हुने छ। 

क्यान्सर अध्ययन संस्थान
सरकारले क्यान्सर रोगको अध्ययन अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर अध्ययन संस्थान गठन गरेको छ। उक्त संस्थान अन्तर्गत भक्तपुर क्यान्सर अस्पताल, चितवनको बिपी कोइराला क्यान्सर अस्पताल र नेपालगन्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल सञ्चालन गरिने छ। यस्तै सरकारले ५२ हजार महिला स्वास्थ्य स्वयं सेविकाको यातायात भत्ता दोब्बर वृद्धि गरी रु १२ हजार पुर्‍याएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ