arrow

आर्थिक वृद्धिको लक्ष्य ६.५, राजस्वको 'टार्गेट' समेत वृद्धि  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
budget-2078-79.jpg

काठमाडौं । कोरोना महामारीबीच पनि सरकारले ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राख्दै महत्त्वाकाङ्क्षी बजेट ल्याएको छ । अध्यादेशमार्फत ल्याइएको पूर्णाकारको बजेटमा सरकारले पूर्वाधार विकास, राष्ट्रिय गौरवका आयोजना निर्माण सम्पन्न हुने भन्दै ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल हुने भनेको छ । 

सरकारले आगामी आर्थिक वर्ष २०७८–७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको कुल बजेट सार्वजनिक गरेको छ । चालुतर्फ ६ खर्ब ७८ अर्ब ६१ करोड, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब र वित्तीय व्यवस्थाका लागि सरकारले २ खर्ब ७ अर्ब विनियोजन गरेको छ ।

शनिवार साँझ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्ष राजस्वबाट १० खर्ब २४ अर्ब, वैदेशिक ऋणबाट ३ खर्ब २९ अर्ब र आन्तरिक ऋणबाट २ खर्ब ५० अर्ब स्रोत व्यवस्थापन गरिने बताए ।

विगतमा सङ्घबाट स्थानीय तथा प्रदेशमा जाने रकमलाई सरकारले यो वर्ष भने चलाखीपूर्वक बजेट छुट्टाएको छ । जहाँ चालु तर्फको बजेट कम राखिएको छ । चालु खर्चको रकम कम देखिनुमा तल्लो तहको सरकारलाई जाने रकम यसमा नजोड्नु हो । तल्लो तहमा जाने अनुदान भने ३ खर्ब ८६ अर्ब ७१ करोड छ ।

सरकारले आगामी आवमा राजस्व सङ्कलनको लक्ष्यमा समेत वृद्धि गरेको छ । आउने आर्थिक वर्षमा राजस्वबाट १० खर्ब २४ अर्ब राजस्व सङ्कलन हुने लक्ष्य सरकारले राखेको छ । यो वर्ष वैदेशिक अनुदानबाट ६३ अर्ब प्राप्त हुने लक्ष्य सरकारले राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ