- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अहिले दिइरहेको महँगी भत्तालाई कायम राखी सबै कर्मचारीको तलब मासिक २ हजारले बढेको बताए ।
मुख्य सचिवले अहिले ६५ हजार एक ४० मासिक तलब बुझ्ने गरेकोमा दुई हजार बढेर ६७ हजार एक ४० भएको छ । राजपत्र विशिष्ट श्रेणीका कर्मचारीले ६० हजार ६८० बुझ्दै आएकामा अब ६२ हजार ६८० पुगेको छ ।
सचिवको ५० हजार ६०० रहेकामा ५२ हजार ६०० भएको छ । राजपत्र प्रथम श्रेणीका कर्मचारीको ४७ हजार ३ सय ८० बाट ४९ हजार ३८० पुगेको छ । राजपत्र द्वितीय श्रेणीको ४० हजार ३८० बाट ४२ हजार ४२ हजार ३८०, राजपत्र तृतीयको ३५ हजार ९९० बाट, ३७ हजार ९९० पुगेको छ ।
राजपत्र अनङ्कित प्रथमको पेन्सन प्रयोजनसहित ३० हजार ८२० बाट ३२ हजार ८२० भएको छ भने यसैको प्रथम श्रेणीका कर्मचारीको २८ हजार २०० बाट ३० हजार २०० पुगेको छ ।
राजपत्र अनङ्कित द्वितीय पेन्सन प्रयोजनसहितकाको २७ हजार ५७० बाट २९ हजार ५७० भएको छ । राजपत्र अनङ्कित द्वितीयको २६ हजार ६१० बाट २८ हजार ६१०, तृतीयको २२ हजार १० बाट २४ हजार १० र चतुर्थको २० हजार ६८० बाट २२ हजार ६८० पुगेको छ ।
सरकारले १० लाख सम्मको बिमा तथा आवासका लागि सहुलियतमा ऋण दिने समेत भनेको छ । कर्मचारीको महँगी भत्ता समेत यथावत् राखिएको छ । यसअघि आर्थिक वर्ष २०७६–७७ मा सरकारी कर्मचारीको तलब बढेकोमा चालु आर्थिक वर्षमा बढाइएन । २०७६–७७ मा नायव सुब्बासम्म २० प्रतिशत र त्यसभन्दा माथि १८ प्रतिशत तलब बढाउने घोषणा गरिएको थियो ।