arrow

विपक्षी तरङ्ग

ओली सरकारको कदमविरुद्ध सशक्त प्रतिकार गर्ने विपक्षी पाँच दलको निर्णय 

कानूनी र राजनीतिक लडाइँ लड्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
joint-statement-five-party-2078-02-16-sign.jpg

काठमाडौं । विपक्षी पाँच दलले केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारको सशक्त प्रतिकार गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र–बाबुराम र एमालेको माधव नेपाल पक्षका नेताहरु र राष्ट्रिय जनमोर्चाका नेताहरुको संयुक्त बैठकले सशक्त प्रतिकार गर्ने बताएको हो । 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सबैतिरबाट ओली सरकारलाई दबाब दिएर सशक्त प्रतिकार गर्ने निर्णय भएको जानकारी दिए । उनले कानूनी र राजनीतिक लडाइँ सँगसँगै हुने बताए । 

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा प्रतिनिधि सभा विघटनसहित सरकारका असंवैधानिक कदम विरुद्ध आन्दोलनमा जानेबारे निर्णय भएको हो । 
 
बिहान सवा ९ देखि साढे ११ बजेसम्म बसेको बैठकमा कांग्रेसबाट सभापति देउवासहित रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्री पूणर्बहादुर खड्का, नेता ज्ञानेन्द्रवहादुर कार्की लगायतका नेताहरु सहभागी थिए । 

त्यस्तै एमालेबाट नेता नेपाल र भीम रावल सहभागी छन् भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कृष्णबहादुर महरा, देव गुरुङ सहितका नेता सहभागी थिए । 

जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पनि छलफलमा सहभागी छन् । राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल पनि सहभागी थिइन् । 

बैठकमा केही संविधानविद् तथा कानुनविद् पनि सहभागी रहेको बताइएको छ । यसअघि देउवाले शनिबार राति आफ्ना पार्टीका केही नेतालाई घरमा बोलाएर आन्दोलनबारे छलफल गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ