arrow

संसद विघटन विरुद्धका रिटमाथि सुनुवाइ शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
Supreme-court-judges-1.jpg

काठमाडौं । संसद विघटन विरुद्धका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको छ । गत शुक्रबारबाट शुरु भएको रिटमाथिको सुनुवाइ त्यस दिन हेर्दाहेर्दैमा राखिएको थियो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ शुरु भएको हो । आइतबारको सुनुवाइमा रिट निवेदक तर्फबाट बहस गर्ने अधिवक्ताहरुले संवैधानिक इजलासमा राखिएका न्यायाधीश बमकुमार श्रेष्ठबारे पुनः प्रश्न उठाउने तयारी गरिरहेका छन् । 

उनले तत्कालीन नेकपाको एकता खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने निर्णय गरेको भन्दै संवैधानिक इजलासमा विरोध हुँदै आइरहेको छ । 

शुक्रबारको सुनुवाइको क्रममा नै अधिवक्ता गोविन्द बन्दीले सो विषयमा प्रश्न उठाएका थिए । त्यसपछि अन्य अधिवक्ताहरुले पनि सो विषयमा आवाज उठाएका थिए । तर, प्रधानन्याधीश जबराले भने व्यक्तिमा केन्द्रित हुन नहुने भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखेका थिए ।

शेरबहादुर देउवा समेतको रिटको सुनुवाई समेत अहिले भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ