arrow

ओलीले बोलाए एमालेको स्थायी कमिटी बैठक, स्पष्टिकरण सोधिएका नेतामाथि कारवाहीको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
nekapa-isthai.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक आइतबार(आज) पाँच बजेका लागि बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा स्पष्टिकरण सोधिएका १२ जना नेतामाथि कारवाहीको तयारी गरिएको छ । स्थायी कमिटीले यसअघि माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको छ।

आजको बैठकले यसअघि स्पष्टिकरण सोधिएका १२ जना नेताले जवाफ नदिएपछि कारवाही गर्ने कि के गर्ने भन्ने निष्कर्ष निकाल्ने बताइएको छ । स्पष्टिकरण सोधिएका घनश्याम भुसाल, विरोध खतिवडा, सुरेन्द्र पाण्डे, यज्ञ सुनुवार, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, मेटमणि चौधरी, नारायण खतिवडा र दीपकप्रकाश भट्ट कुनै जवाफ फर्काएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ