arrow

‘ओली सरकारको प्रतिकार गर्ने निर्णयमा नेपालले गरेको हस्ताक्षर ‘अनाधिकृत कार्य’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
Madhav_Kumar_Nepal2.JPG.jpeg

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारको सशक्त प्रतिकार गर्ने निर्णयमा हस्ताक्षर गरेका माधवकुमार नेपालको आलोचना भएको छ ।

विपक्षी पाँच दलले आइतबार बसेको संयुक्त बैठकले ओलीको सशक्त प्रतिकार गर्नेगरी सार्वजनिक गरिएको वक्तब्यमा हस्ताक्षर गरेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेपालको आलोचना गरेका हुन् ।

उनले सामाजिक संजालमार्फत नेपालको हस्ताक्षरलाई ‘अनाधिकृत कार्य’ भनि आलोचना गरेका हुन् । उनले सामाजिक संजालमा लेखेका छन्,‘विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेको वक्तव्यमा माधवकुमार नेपालको हस्ताक्षर अनाधिकृत छ। नेकपा(एमाले)मा वरिष्ठ नेताको दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिड्न सम्बन्धित दलले कहिल्यै खटाएको पनि छैन। अझै विधि र पद्धति !’

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र–बाबुराम र एमालेको माधव नेपाल पक्षका नेताहरु र राष्ट्रिय जनमोर्चाका नेताहरुको संयुक्त बैठकले ओलीको सशक्त प्रतिकार गर्ने निर्णय गर्दै संयुक्त वक्तब्य सार्वजनिक गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ