arrow

संवैधानिक इजलासमा प्रधानन्यायाधीश राणाले भनेः न्यायाधीश कसले छान्ने ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
supreme-court -constitution-bench.jpg

काठमाडौं । संसद विघटन बिरुद्ध सर्वोच्च अदालतमा संवैधानिक इजलासमा सुनुवाइ जारी छ । आज(आइतबार)को इजलासको सुनुवाइमा पनि गत शुक्रबारको जस्तै दुई जना न्यायाधीशको विषयमा विवाद भइरहेको छ ।

रिट निवेदक पक्षबाट बहसमा उभिएका अधिवक्ताहरुले इजलासमा राखिएका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसि गरी दुई न्यायाधीश लाई इजलासमा नराख्न आग्रह गर्दै आइरहेका छन् । तर, प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीश छान्ने अधिकार अधिवक्ता र रिट निवेदकलाई नभएको भनेका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको दोस्रो दिनको सुनुवाइको क्रममा अधिवक्ता गोविन्द बन्दीले पुनः न्यायाधीश बमकुमार श्रेष्ठमाथि प्रश्न उठाएका हुन् । यसैगरी कानुन व्यवसायी मिथलेशकुमार सिंहले बहस गरिहरेका बेला प्रधानन्यायाधीशले भने, ‘तपाईंहरूलाई न्यायाधीश छान्ने अधिकार छैन ।’

बहसका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले आफूहरूलाई अदालतको विश्वास नभएर नभएर न्यायाधीशमाथि प्रश्न उठेकाले यस्तो प्रश्न उठाएको बताए ।  ‘कोटको विश्वास नभएर होइन, प्रश्न उठेका कारणले हो, यो चिफ जस्टिसको अधिकारको कुरा हो,’ वरिष्ठ अधिवक्ता थापाले बहसका क्रममा भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ