arrow

परीक्षण घट्दा ४ हजार सङ्क्रमित थपिए, ६ हजार निको भए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १६ आइतबार
corona-variant.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा  देशभर थप ४ हजार ३ सय ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या ५ लाख ५७ हजार ७ सय ९१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार २ सय ५ जना कोरोना भाइरसको सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख ४० हजार ९ सय ५५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ९ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ७ हजार २ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ५ सय ७३ जनाको मात्रै नमुना परीक्षण गरिएको छ । 

काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा १ हजार ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख ९ हजार ५ सय ६४ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ